दुई सय जना नयाँ सङ्क्रमित थपिए, एकको मृत्यु

दुई सय जना नयाँ सङ्क्रमित थपिए, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई सय जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ९९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ७५२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४३६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४१ पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ५०७ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्