कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बुढीगंगा गाउँपालिका–६ डल्लेपुर बस्ने वर्ष २६ का धनबहादुर तामाङ रहेका छन् । प्रहरीले उनलाई शनिबार मोरङकै सुनबर्षी नगरपालिका–८ स्थित सिक्टीबाट पक्राउ गरेको हो । उनले २०७८ कात्तिक २८ गते राती करिब ९ बजे बुढीगंगा–७ मा धनकुटाको पाख्रिबास नगरपालिका–४ बस्ने वर्ष २६ का रिजन दाहाललाई खुकुरी प्रहार गरि घाईते बनाएका थिए । पुरानो व्यक्तिगत रिसिवीका कारण खुकुरी प्रहारबाट घाईते दाहालको उपचारको क्रममा मृत्यु भएको थियो । त्यसयता तामाङ फरार थिए ।

शनिबार पक्राउ परेका उनलाई हाल जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यानको कसुरमा २ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्