विराटनगर भन्सार परिसरमा पक्राउ परे एउटै नम्बर प्लेट भएका दुईवटा ट्रक

विराटनगर भन्सार परिसरमा पक्राउ परे एउटै नम्बर प्लेट भएका दुईवटा ट्रक

विराटनगर । भन्सार क्षेत्रबाटै नयाँ जुक्ति निकालेर मालवस्तुको अवैध पैठारी गर्ने गरिएको रहस्य खुलेको छ । एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी मालवहाक सवारीको मालपास गरेर गरिने अवैध धन्दा नयाँ स्वरुपमा परिणत भएको हो ।

विराटनगर भन्सार क्षेत्रबाट एउटै नम्बर भएका दुईवटा मालवहाक सवारी पक्राउ परेसँगै भन्सार छल्न प्रयोग गरिएको नयाँ जुक्ति बाहिर आएको छ । भारतबाट मालवस्तु बोकेर विराटनगर आईसीपी क्षेत्रमा भन्सार जाँचपास गराउने क्रममा एउटै नम्बरका दुईवटा ट्रक एकै ठाँउमा फेला परेका हुन् । गत बिहीबार भन्सार प्रशासनमा भेटिएका दुईवटा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

बिराटनगर भन्सार कार्यालयमा भन्सार प्रमुख ताराप्रसाद सापकोटाले नियन्त्रणमा लिइएको ट्रक र मालवस्तुको विषयमा सुक्ष्म अध्ययन भईरहेको जानकारी दिनुभयो । विराटनगर भन्सारमा मालवस्तु बोकेर आएका बिआर २५ जीए २१९४ उल्लेख भएका दुईवटा भारतीय ट्रक एकसाथ भन्सार परिसरमै फेला परेका हुन् ।

अनुसन्धानमा संलगन भन्सार अधिकारीका अनुसार दुईमध्ये एउटा ट्रक खाली रहेको छ । अर्को ट्रकमा सामान रहेको छ । अनुसन्धानका क्रममा ड्युटीमा खटिएका प्रहरी, भन्सार कर्मचारी, गाडी चालकसँग बयान लिने काम भईरहेको छ । इण्डियन भन्साराट जाँचपास भएर आएको हुनाले त्यहाँका अधिकारीसँग समेत समन्वय गरेर अध्ययन गर्ने काम भईरहेको छ । अनुसन्धानमा संलग्न अधिकारीले मालवस्तु कसको हो भन्ने खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्