भरुवा बन्दुक सहित १ जना पक्राउ

भरुवा बन्दुक सहित १ जना पक्राउ

खोटाङ । खोटाङ ऐसेलुखर्क गाँउपालिका वडा २ स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ३० बर्षिय संजय राई रहेका छन् ।

आइतबार दिउँसो ३ बजे बिशेष सुचना प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरी टोलिले राईको घर खानतलासी गर्दा १ थान भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिएको हो ।

घटना बारेमा प्रहरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्