केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४:३० बजे छलफल गर्नुहुने भएको छ ।

सभापति देउवाले आशन्न १४ औं केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गठन भएका विभिन्न समितिका संयोजकहरुसँग बैठक बस्न लाग्नुभएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठक काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्