आजै चुनाव गर्ने र आजै पार लगाउने सपना नहेरे हुन्छ : अध्यक्ष नेपाल

आजै चुनाव गर्ने र आजै पार लगाउने सपना नहेरे हुन्छ : अध्यक्ष नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालै निर्वाचनको सम्भावना नरहेको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग छोटो कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले तत्कालै निर्वाचनको सम्भावना नरहेको बताउँदै आजै चुनाव गर्ने र आजै पार लगाउने सपना पुरा नहुने स्पष्ट पारे । उनले देशमा गठबन्धनको संस्कार बस्ने बताउँदै गठबन्धनमै निर्वाचनमा जाने अवस्था रहेको दाबी गरे ।

तपाईहरु एक्लै चुनावमा जान नसक्ने निष्कर्षका साथ गठबन्धनको कुरा गर्नुभएको हो भन्ने पत्रकारहरुको प्रश्नमा नेपालले त्यस्तो नभएको बताए । ‘पहिले काँग्रेस र माओवादीको गठबन्धन भएको थियो पछि एमाले र माओवादीको गठबन्धन भएको थियो के पत्तासाफ हुन्छ भनेर गठबन्धन भएको थियो र ?’ ०७४ सालको निर्वाचनलाई स्मरण गर्दै उनले भने, ‘की चुनावमा बढी सिट प्राप्त हुन्छ भनेर गठबन्धन गरेको थियो चुनावमा दुईपक्षलाई लाभ होला भनेर गठबन्धन गरेको होला नि पहिले गर्दा जायज आज गर्दा नाजायज हुन्छ ?’

अध्यक्ष नेपाल भने विराटनगर ओर्लिएर नेपाल खेलकुद महासंघ समाजवादी को १ नं. प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन झापाको दमक गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्