प्रदेश १ मा ४९ जना कोरोनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा ४९</span> <span class='c2'>जना कोरोनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ ।

५०८ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, झापामा १४, सुनसरीमा ६, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०, सुनबर्षी र बुढीगंगामा २–२, रतुवामाईमा १, झापाको भद्रपुरमा ४, मेचीनगर, अर्जुनधारा, विर्तामोड र कमल गाउँपालिकामा २–२, दमक र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ५, धरानमा १, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्