धनुषामा १८ वर्ष माथि व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइने

<span class='c1'>धनुषामा १८ वर्ष माथि</span> <span class='c2'>व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइने</span>

लक्ष्मी चौधरी
जनकपुरधाम । प्रदेश २ को धनुषा जिल्लामा मङ्सिर २४ गतेदेखि २८ गतेसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय धनुषाले प्रदेश को अस्थायी राजधानी जनकपुरधामस्थित कार्यलयमै सोमबार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा १८ वर्ष वा सो भन्दामाथि समूहका व्यक्तिहरुलाई मङ्सिर २४ गते देखि २८ गतेसम्म जिल्लाभर कोरोनाविरुद्धको भेरोसेल खोप दिइने व्यहोरा जानकारी गराएको हो । धनुषा जिल्लामा नगरपालिका र गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । ती स्थानीय तहमा रहेका खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका खोप अधिकृत राजदेव यादवले बताउनुभयो । उहाँले प्रत्येक खोप केन्द्रमा १ जना खोप लगाउने व्यक्ति र दुई जना सहयोगी तथा जिल्लाका १६९ वटै वडामा त्यति नै संख्यामा खोप सुपरभाइजरसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लाका ६३१ वटा खोप केन्द्रहरु मार्फत खोप लगाइने खोप अधिकृत यादवले बताउनुभयो । उहाँले जिल्लामा एक लाख व्यक्तिलाई खोप दिइने लक्ष्य रहेको जानकारी दिनुभयो । विगतमा एक डोजलगाएका व्यक्तिहरुले पनि दोस्रो डोज लगाउन सक्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख युगलकिशोर यादवले निर्धक्क भएर खोप लगाउन सर्वसाधारणमा आग्रह समेत गर्नुभयो । १८ वर्ष र सो भन्दा माथिका सबै नागरिकलाई स्वास्थ्य कार्यालयमा नै खोपको पहिलो र दोस्रो मात्रा मङ्सिर १६ देखि २९ गतेसम्म लगाउन सकिने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्