लागुऔषध अफिम सहित २ जना पक्राउ

लागुऔषध अफिम सहित २ जना पक्राउ

झापा । झापा मेचीनगर नगरपालिका वडा ६ स्थित मेचीपुलमा लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत फ्रोजपुर बस्ने २५ बर्षिय केयर सिंह र भारत मौगा बस्ने २५ बर्षिय सुखजित सिंह रहेका छन् ।

सोमबार बेलुका ४ बजे भारतबाट नेपाल आउदै गरेको उनिहरुलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ११ ग्राम अफिम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्