मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

झापा । झापामा मोटरसाईकल चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीद्वारा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका वडा १ बस्ने २१ बर्षिय आशिष सुब्बा, सुर्योदय वडा ८ बस्ने २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका वडा ३ बिर्ताबजार बस्ने २६ बर्षिय रंजित राजवंशी रहेका छन् ।

झापा जिल्लामा मोटरसाईकल चोरीको घटना बृद्धि भए पश्चात ईलाका प्रहरी कार्यालय अनारमनि झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनिहरुको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको FZ मोटरसाईकल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुलाई प्रहरीद्वारा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्