खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

मकवानपुर । कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटाँैडा उपमहानगरपालिका वडा १४ बस्ने ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका कोभिड इन्चार्ज डा.प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् ।

उनलाई कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्