तत्काल लकडाउन हुने सम्भावना छैन : मन्त्रालय

तत्काल लकडाउन हुने सम्भावना छैन : मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा तत्काल लकडाउन हुने सम्भावना नरहेको जनाएको छ ।

नेपालमा पनि दुई जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएकाले लकडाउनलाई लिएर धरैले चासो व्यक्त गरेपछि मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले तत्काल लकडाउन हुने सम्भावना नरहेको जानकारी दिएका हुन् । ‘लकडाउनलाई लिएर हाल सरकारले कुनै पनि निर्णय गरिसकेको छैन,’ उनले भने ।

मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आउ–जाउलाई व्यवस्थित गर्नका लागि सबै यात्रुको नेगेटिभ पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) रिपोर्ट तथा खोप विवरण अनिवार्य गरिएको छ । साथै, लक्षण देखिएका शङ्कास्पद सबै यात्ररूको एन्टिजेन परीक्षण गर्ने र एन्टिजेन परीक्षणको रिपोर्ट पोजेटिभ आएमा नमुनाहरूको सङ्कलन गरी पिसिआर गर्ने, शङ्कास्पद नमुनाको जिन सिक्वेन्सिङ गर्ने गरिएको अधिकारी बताउँछन् ।

नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक ट्रेसिङ्गको कार्यलाई थप प्रभावकारी बनाइएको छ । यसबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न मन्त्रालयको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्