अष्ट्रेलियामा सिकेको सिपबाट विराटनगरमा व्यवसाय गर्दै रक्तिम: अर्किड फेमिलि सलोन

अष्ट्रेलियामा सिकेको सिपबाट विराटनगरमा व्यवसाय गर्दै रक्तिम: अर्किड फेमिलि सलोन

सन् २००७ मा पढ्नका लागि अष्ट्रेलियाको सिड्नी पुग्नुभएको भएको रक्तिम जोशीलाई आफ्नो रहरले मेकअप क्षेत्र तर्फ डोहोर्यायो र उहाँले सिड्नी कलेज अफ मेकअप विषय नै अध्ययन गर्न थाल्नु भयो ।
त्यहि सिप र ज्ञान प्रयोग गर्दै रक्तिमले अहिले विराटनगरमा अर्किड फेमिलि सलोन सुरु गर्नु भएको छ।
हुन त काठमाडौंवासी उहाँ विराटनगरको राजनैतिक तथा उद्योगी परिवारमा विवाह गरि यतै बसाई सर्नु भएको हो । त्यस अघि नेपालको तराई क्षेत्र कहिले नदेखेको उहाँले विराटनगर आएपछि आफ्नो पहिलो स्टुडियोका रुपमा सुरुमै खोल्नु भएको जोज मेकअप स्टुडियोले गति लिदै गर्दा पुन: अष्ट्रेलिया फर्किनु पर्ने परिस्थिति आयो।

सुरुमा यसै क्षेत्रमा फ्रिलान्सिङ काम गर्दा गर्दै विभिन्न कार्यक्रम, फोटोग्राफी, ब्राईडल मेकअपका साथै राष्ट्रियस्तरको म्यागजीनहरु वाउ, लिभिगं लगायत सिक म्यागजिनहरुको लागि काम गरेको अनुभवसँगै अष्ट्रेलिया पुग्दा पनि उहाँले त्यहाँका म्यागजिन तथा फोटोसुटहरुमा मेकअप कार्य गरेको अनुभव बटुल्नु भयो ।

विदेशको बसाईमा रहँदा रहँदै नेपालमै बस्ने सोच बढ्दै गएपछि पुन: नफर्किने गरि उहाँ विराटनगर आउनु भयो । विराटनगर आएपछि पुरानै रहरलाई थप परिस्कृत गर्दै उहाँले अर्किड फेमिलि सलोनलाई स्वरुप दिनु भएको हो ।
सोहि प्रयासमा पूर्ण पारिवारिक वातावरणमा जेन्ट्स, लेडिज साथै बच्चाहरु लाइ समेत सेवा दिने गरि विराटनगर मेन रोडमा सेन्ट्रल मलबाट अगाडी फेमिली सलोनको अवधारणामा अर्किड फेमिली सलोनको स्थापना भएको छ ।

अर्किड फेमिली सलोन पूर्ण पारिवारिक वातावरणमा स्थापना भएकोले आउने ग्राहकहरुले पनि सो को अनुभूत गर्न पाउने संचालिका रक्तिम बताउनु हुन्छ ।

अर्किड फेमिली सलोनमा सिपयुक्त तथा अनुभवी स्किन एक्सपर्टहरुबाट स्किन सम्बन्धि विभिन्न कार्य, हेयर ट्रीट्मेंट, कलरिंग साथै कपाल सम्बन्धि सबै सेवा दिने उहाँले जानकारी दिनु भयो । अन्तराष्ट्रियस्तरको सेवा दिनका लागि अर्किडमा कलकताबाट हेयर ड्रेसर ल्याएर सेवा दिईरहेको उहाँ बताउनु हुन्छ ।

अर्किडमा स्किन सम्बन्धि सम्पूर्ण काम जस्तै फेसियल, polishing manicure/ pedicure. मेकअपमा ब्राइडल मेकअप, मोडेलिंगका लागि पोर्टफोलियो मेकअपका लगायत हेयर स्पा , हेयर कलरिंग, कटिंग साथै हेयर स्पा तथा साथै नेपाली संस्कृति अनुसार हुने सबै कार्यहरुको फोटोग्राफी प्याकेजको पनि सुविधाहरु दिने गरेको रक्तिमले जानकारी दिनु भयो ।
साथै सलोनमा माग बढ्दै गएपछि नेल आर्ट संगै पराले थपिने वा बाक्लो बनाउने EYE LASHES EXTENSION , Air brush Makeup हरुको सेवा पनि थप गरिएको छ । उहाँले एकपटक परिवारकै साथ सलोन आएर सेवाहरु लिए फरक अनुभव गर्न सकिने दाबी समेत गर्नु भयो । साथै Hair Extension, Micro blading लगायतको सेवा थप गर्ने योजना रहेको छ ।
साथै मेकअप अध्ययन गर्न चाहनेहरुका लागि मेकअप स्कुल कै रुपमा विकास गर्ने सोच रहेको उहाँले बताउनु भयो ।

आफ्नै पारिवारिक उद्योगमा काम गर्नपर्ने पनि अवस्था पनि थियो तर उहाँले आफ्नो प्यासन पछ्याउनु भयो र विवाह पछि पनि मेकअप कलालाई नै निरन्तरता दिनु भयो। उद्योग कै व्यवस्थापनमा लाग्दा पनि राम्रै हुन्थियो होला तर फलानो को छोरी वा बुहारी भन्दा पनि आफु जे मा खुसी हुन्छु त्यहि काम गरेर आफ्नै परिचय बनाउने ईच्छा होला सायद मैले यहि क्षेत्र छनौट गरें , उहाँ भन्नु हुन्छ । यस सोचमा परिवारले पनि निरन्तर साथ दिएको उहाँको अनुभव छ ।

रक्तिमले सुरु गर्नु भएको अर्किड फेमिलि सलोन जस्तै विराटनगरमा पछिल्लो समय सिप सिकेका महिलाहरुले आआफ्नै क्षेत्रका विशेषज्ञ सेन्ट्रहरु सुरु गर्दै आउनु भएको छ । उहाँहरुको प्रयासले कोभिड १९ महामारीले थलिएको अर्थतन्त्र र बजारलाई चलायमान बनाउन सहयोग पुग्ने कुरा त छदैनै छ । हामी पनि आवर विराटनगर परिवारको तर्फबाट यस्ता प्रयासहरुलाई सदैव सहयोग र साथ दिने बताउदै विराटनगरलाई जागृत गराउने यि प्रयासहरुका लागि धन्यवाद व्यक्त गर्दछौं ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्