बचतकर्ताको पैसामाथि विराटनगरस्थित प्रतिज्ञा सहकारीको गिद्धे नजर

बचतकर्ताको पैसामाथि विराटनगरस्थित प्रतिज्ञा सहकारीको गिद्धे नजर

विराटनगर । बचत गरेको रकम भुक्तानी नगरेको भन्दै सेवाग्राहीहरुले प्रतिज्ञा बचत तथा सहकारी संस्थाका अध्यक्षको घर घेराउ गरेका छन् ।

सेवाग्राहीहरुले मङ्गलबार विराटनगर–१६ मिल्स एरियास्थित सहकारीका अध्यक्ष राजेन्द्र साहको घर घेराउ गरेका हुन । आफुले बचत गरेको रकम फिर्ता गर्न सहकारीले आनाकानी गरेको भन्दै बाध्यतावस उनीहरुले अध्यक्षको घर घेराउ गरेको बताएका छन् । आफुले बचत गरेको रकम बिना झन्झट दिनुपर्ने उनीहरुको माग छ । विभिन्न कारण देखाउँदै विगत डेढ वर्षदेखि सहकारीले बचतको पैसा दिन आनाकानी गर्दै आएको बचतकर्ताहरुको भनाई छ ।

सहकारीको तर्फबाट बचतकर्ताहरुको झण्डै ४५ हजार रुँपैया भुक्तानी बक्यौत्ता देखिन्छ । तर, सहकारीका सचिवसँग आर्थिक हिसाबकिताब नमिलेको कारण बचतकर्ताको पैसा भुक्तानी गर्न नसकिएको संस्थाले बताउँदै आएको छ । संस्थाका सचिव सन्तोष साहले सहकारीलाई बचतकर्ताहरुबाट सङ्कलित रकम समेत भुक्तानी गर्न बाँकी देखिएकाले समस्या भएको संस्थाका अध्यक्ष राजेन्द्र साहले बताए ।

हाल संस्थाका सचिव सन्तोष साहले आर्थिक हिसाबकिताब मिलान गरेर स्वेच्छिक राजिनामा दिन चाहेका छन् । उनले संस्थालाई भुक्तानी गर्नुपर्ने रकम २१ हजार मात्र छ । तर, संस्थाका अध्यक्ष र व्यवस्थापकले वार्षिक साधारणसभा बसेर मात्र राजिनामा दिन मिल्ने भन्दै सचिवको दोष देखाएर बचतकर्ताको पैसा फिर्ता गर्न मानेका छैनन् ।

हाल बचतकर्ताहरुले भने बचतको पैसा फिर्ता नपाए कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्