लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए वानको दोश्रो क्याबिनेट बैठक सम्पन्न

लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए वानको दोश्रो क्याबिनेट बैठक सम्पन्न

विराटनगर । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए वानको दोश्रो क्याबिनेट बैठक शनिबार मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ ।

३२५ ए वान डिष्ट्रिक गभर्नर रेवत बहादुर कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न सामाजिक कामका योजनाहरुलाई थप परिस्कृत गरि निरन्तरता दिने निर्णय गरेको छ । बैठकबाट विराटनगरस्थित मानव सेवा आश्रम, दमकस्थित आम्दा अस्पतालको आकस्मिक कक्ष र विराटनगरको बहिरा स्कुलको भवन लगायतका १५ वटा विकासका योजना अघि बढाउने निर्णय समेत भएको क्लबका विराटनगर एरिया चिफ चन्द्रमणि गुरागाईंले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले लायन्स निश्वार्थ भावले विशुद्ध समाजसेवामा समर्पित रहेको भन्दै लायन्ससँग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तत्पर रहेको बताए । सामााजिक विकास मन्त्री जयराम यादवले आफु स्वयंमपनि लायन्ससँग जोडिएको व्यक्ति भएकाले समाजसेवाको क्षेत्रमा लायन्ससँग हातमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कार्यक्रममा बोल्दै सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङले लायन्सका हरेक गतिविधिमा नगरपालिकाको तर्फबाट सँधै साथ र सहयोग रहने भन्दै विभिन्न विपदको सायमा लायन्सले खेलेको भूमिकाको प्रशंसा गरे ।

बैठकमा प्रदेश १ सरकारमा मुख्यमन्त्री र मन्त्रीसहित स्थानीय तहका प्रमुख, उप-प्रमुख तथा लायन्सका उच्च पदस्थ व्यक्तिहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्