नेपाली काँग्रेस १४ औं महाधिवेशन: सभापति, उपसभापति र महामन्त्रीमा विराटनगरको दावी

नेपाली काँग्रेस १४ औं महाधिवेशन: सभापति, उपसभापति र महामन्त्रीमा विराटनगरको दावी

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मोरङबाट सभापतिसहित ९ जना केन्द्रीय समितिमा आकांक्षी देखिएका छन् । आकांक्षीमध्ये सभापति, उपसभापति र महामन्त्री विराटनगरकै छन् ।

संस्थापन इतर पक्षका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । कोइराला परिवारबाटै सुजता कोइरालाले पनि सभापतिमा उठ्ने फाट्टफुट्ट बोल्दै आएकी छिन् । तर, सभापतिमा आकांक्षा देखाएर पदाधिकारी पदमा दावेदारी गर्ने नेतृ कोइरालाको दाउ रहेको छ ।
संस्थापन इतर पक्षकै नेता महेश आचार्यले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । मोरङकै नेता तथा रक्षामन्त्री मिनेन्द्र रिजालले पनि महामन्त्रीमा उठ्ने बताउँदैआएका छन् ।

उक्त समूहबाट प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताउँदैआएका छन् ।
संस्थापन पक्षमा रहेकी केन्द्रीय सदस्य डिला संग्रौलाले सहमहामन्त्रीमा दावी गरेकी छिन् । केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पछिल्लो समय संस्थापन पक्षमा खुलेका विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्