४८ अर्ब ऋण सहायतामा प्रारम्भिक सहमति

४८ अर्ब ऋण सहायतामा प्रारम्भिक सहमति

काठमाडौँ । नेपाललाई करिब साढे ४८ अर्ब रुपियाँ (४० करोड अमेरिकी डलर) ऋण सहुलियत उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) सहमत भएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण नेपालको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रले व्यहोरेको नोक्सानीबाट पुनरोत्थानका लागि उक्त ऋण सहायता प्रयोग हुने कोषले जनाएको छ । कर्मचारी तहबाट सहमति भए पनि कोषको व्यवस्थापन र कार्यकारी बोर्डले स्वीकृति दिन भने बाँकी नै छ ।

कोषको विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गत उपलब्ध हुने उक्त ऋण ३८ महिने पुनरोत्थान कार्यक्रममा कार्यान्वयन हुनेछ । नेपाललाई ऋण सुविधा उपलब्ध गराउने सम्बन्धमा कोषका रोबर्ट गे्रगोरीको नेतृत्वमा कोषको टोलीले विगत दुई महिनायता चार पटक काठमाडौँ भ्रमण गरेको छ । टोलीका नेतृत्वकर्ता गे्रगोरीका अनुसार आगामी केही हप्तामै कोषको बोर्डले पनि यो ऋणको सम्बन्धमा टुङ्गो लगाउनेछ ।

कोषले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कोभिडका कारण आर्थिक गतिविधि सुस्ताउँदा कोषलगायत अन्य विकास साझेदारहरूबाट प्राप्त आकस्मिक सहयोगले वित्तीय सङ्कट घटाउन सहयोग गरे पनि महìवपूर्ण आर्थिक र बाह्य वित्तीय सहयोग अझै केही वर्षका लागि आवश्यक रहने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्