सवारी दुर्घटनामा परी २ जनाको मृत्यु १ जना घाईते

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु १ जना घाईते

विराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु र १ जना घाईते भएका छन् ।

मंगलबार दिउँसो ३ बजे सुनसरीको कोशी गाँउपालिका वडा २ लौकहरी स्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय ४० बर्षिय मनोज यादव घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालक कोशी गाँउपालिका वडा २ बस्ने १८ बर्षिय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी उदयपुरको त्रियुगा नगारपालिका वडा ११ स्थितमा बेल्टारबाट गाईघाट आउदै गरेको प्रदेश नम्बर १ -०५-००१ प ३५९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानिय ४६ बर्षिय कर्ण सुन्दास, त्रियुगा १३ राई चौकका चालक २९ बर्षिय बिरेन राई समेत घाईते भई उपचारको लागि न्युरो हस्पिटल विराटनगर पठाईएकोमा उपचारको क्रममा सुन्दासको बुधबार बिहान २ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्