बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

विराटनगर । बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरीको धरान उप-महानगरपालिका-३ का २८ बर्षिय केमन खड्कीलाई पक्राउ गरिएको छ ।

बैंकिङ कसुर मुद्दामा मिति २०७८ बैशाख १६ गते को सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र रु.९ लाख ७४ हजार ४ सय जरिवाना भई असुल गर्न बाँकी रहेका खड्कीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, R.I.T समुह विराटनगरबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा गाँउघरमै लुकिछिपी बसेको अबस्थामा बुधबार दिँउसो पक्राउ गरेको हो ।

पक्राउ परेका खड्कीलाई आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्