किसानको खेतमा १२ लाख क्विन्टल उखु, क्रसिङ्गको पर्खाईमा

किसानको खेतमा १२ लाख क्विन्टल उखु, क्रसिङ्गको पर्खाईमा

विराटनगर । सुनसरी, मोरङ र झापाका दुई हजार ४०५ घरपरिवार किसानले पाँच हजार २०० बिघा क्षेत्रफलमा लगाएको उखु पाकेको छ । किसानको खेतमा उखु पाकेसँगै पूर्वकै एकमात्रै उद्योग इस्टर्न सुगर मिल्स प्रा.लि.ले चालु सिजनको क्रसिङ्गको तारतम्य सुरु गरेको छ ।

चालु सिजनमा तीन जिल्लाका किसानको खेतमा १४ लाख ५० हजार क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । जसमध्ये दुईलाख क्विन्टल बीउमा खपत हुनेछ । सुनसरी बर्जु गाउँपालिका–५ अमाहीस्थित इष्टर्न सुगर मिलका प्रमुख उखु प्रवन्धक पवनकुमार झाले १२ लाख ५० क्विन्टल उखु प्रशोधनको लागि मिलमेशिनरी मर्मत तथा परीक्षण र सरसफाई थालिएको जानकारी दिनुभयो ।

गत कार्तिकको पहिलो हप्ता प्रशस्त पानी परेका कारण चालु सिजनमा उखुको उत्पादन राम्रो भएको छ । गतवर्ष ९ लाख २१ हजार क्विन्टल उखु प्रशोधन गरिएको थियो । प्रतिक्विन्टल ९.३५० किलोग्राम चिनी उत्पादन भएको प्रमुख उखु प्रबन्धक झाले जानकारी दिनुभयो । चालु सिजनमा समेत १२ लाख ५० हजार उखु क्रसिङ्गबाट ११ हजार ६८९ क्विन्टल चिनी उत्पादन हुने अनुमान गरिएको छ ।
प्रबन्धक झाले पुस १५ गतेदेखि उखुको क्रसिङ्ग सुरु हुने जानकारी दिनुभयो । सुरुमा तीनवर्ष अगाडी लगाएको उखु काट्नका लागि मिलले पूर्जी जारी गर्नेछ । तीनवर्षपछि उखु बालि मासेर नयाँ खेति लगाउने चलन छ । अन्य बालि लगाउन सहज होस् भन्नका लागि मिलले सुरुमा तीनवर्ष अगाडीको उखु काट्नका लागि पूर्जी जारी गर्ने गरेको हो । क्रसिङ्गका लागि आवश्यक कच्चा उखुको उपलब्धता मिलाउन मिति अनुसारको ७२ घण्ट पूर्जी किसानको घरघरमा मिलका कर्मचारीलाई पु¥याउने गर्दछन् । दैनिक ३० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता इस्टर्न सुगर मिलसँग रहेको छ । किसानले उखु काटेर मिलसम्म ढुवानी भएपछि तौल लिने र क्रसिङ्ग गर्ने काम एकसाथ अगाडी बढाइने बताइएको छ ।

पुस १५ गते पहिलो घान क्रसिङ हुन्छ, प्रबन्धक झाले भन्नुभयो–जति ढिलो ग¥यो किसानलाई उति घाटा हुन्छ । समयमै उखु क्रसिङ्ग नभए उखुको रस सुक्ने र किसान मारमा पर्ने समस्या अघिल्ला वर्षहरुमा आएका थिए । गतवर्ष पनि इष्टर्न सुगर मिलले पुस १५ गते क्रसिङ्ग सुरु गरेर फागुन १ गते समापन गरेको थियो ।

यो सिजनका लागि सरकारले समर्थन मूल्य तोक्ने तयारी गरिरहेको छ । गतवर्ष प्रतिक्विन्टल न्यूनतम मूल्य ५४४.३३ पैसा तोकिएको थियो । जसमा उखुको मूल्य ३८६ रुपिँया १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपिँया ८९ पैसा र सरकारले ढुवानी वापत दिने प्रतिक्विन्टल अनुदान ६५ रुपिँया २८ पैसा थियो । चालु सिजनमा उखुको मूल्य ६०० रुपिँया प्रतिक्विन्टल तोकिनुपर्ने कृषक सत्यनारायण शर्माको माग छ ।
पूर्वका तीन जिल्लामा अघिल्लो वर्ष उखुको क्रसिङ्ग माघ २२ गतेदेखि सुरु भएको थियो । झापा, मोरङ र सुनसरीका दुई हजार किसानले उत्पादन गरेको ११ लाख ८७ हजार ३५६ क्विन्टल उखु मिलले खरिद गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्