मोटरसाईकल चोरीमा संलग्न पक्राउ

मोटरसाईकल चोरीमा संलग्न पक्राउ

झापा । झापा बुद्धशान्ति गाँउपालिका वडा ३ स्थित बुद्ध चोकबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ईलाम पशुपतिनगर नगरपालिका वडा ३ बस्ने २५ बर्षिय पासाङ तामाङ रहेका छन् । मंसिर २१ गते राती ईलामको रोङ गाँउपालिका वडा ३ कुटिडांडाका रोहित राईको आँगनबाट मे ९ प ५२१० नम्बरको कालो रङको १५० सि.सि. पल्सर मोटरसाईकल चोरी भएको खबर प्राप्त हुनसाथ खोजतलास गर्दै जाँदा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलिले बुधबार बिहान ९:३० बजे तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्