गैंडाको खाग सहित ३ जना पक्राउ

<span class='c1'>गैंडाको खाग सहित</span> <span class='c2'>३ जना पक्राउ</span>

रुपन्देही । वुटवल उपमहानगरपालिका वडा ५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ ईन्च गोलाई र ४ ईन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट गाउँपालिका वडा ७ सूर्यथुम बस्ने ४८ वर्षीय नर बहादुर सुनार,५८ वर्षीय पदम सुनार र सोही गाउँपालिका वडा ५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेका छन् । उक्त होटलको कोठामा गैंडाको खागको कारोवार गर्ने मानिसहरु छन् भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले होटल खोजतलासी गर्दा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्