विराटनगरमा कपडा र जुत्तामा अनुचित मूल्य असुल्नेलाई दुईलाख जरिवाना

विराटनगरमा कपडा र जुत्तामा अनुचित मूल्य असुल्नेलाई दुईलाख जरिवाना

विराटनगर । बजारमा अनुचित बढी मूल्य राखेर उपभोत्तालाई ठगी गरेको कसुरमा विराटनगरका २ वटा पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले कारबाही स्वरुप २ लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा नियामक निकायको संयुक्त बजार अनुगमनको टोलिले विराटनगरका कपडा र जुत्ता बिक्री गर्ने पसल केन्द्रीत अनुगमन गरेको हो ।

कार्यलयमा उपभोक्ताको पटक पटक चर्को जनगुनासो संगै उजुरी आएपछि बाणिज्य कार्यलयले केहीदिन यता लगातार अनुगमनलाई अगाडी बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेल सहित अन्य नियामक निकायले विहीबार अनुगमनका क्रममा विराटनगरका २ वटा पसलमा कैफियत फेला पारिएको थियो ।
विराटनगर ७ मेन रोड स्थित सुरभी रिटेल जुक्ता चप्पल पसल र सोही ठाँउमा रहेको ‘बंन्जारन’ नामक रेडिमेड कपडा पसलमा बढी मूल्य र खरिद विक्री बिल विजक नभएको भेटिएपछि अनुगमन टोलीले कारबाही स्वरुप जरिवाना गरेको हो ।

सुरभी रिटेलले हाइलाईफ नामक कम्पनीको जुक्ता चप्पल कम मुल्यमा खरिद गरी तेब्बर मूल्यमा विक्री गरेको भेटेपछी जरिवाना गरेको अनुगमन टोलीले जनाएको छ । कम्पनीबाट ४ सय २३ रुपैयामा खरिद गरेको जुत्तालाई ११ सयदेखी १९ सय ५० रुपैया सम्म विक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप सो कसुरमा सोही ऐन ्बमोजिम २ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त प्रमुख सन्तोष पोखरेलले बताउनुभयो ।
रिटेलले १ सय ७० देखी ३ सय ५७ प्रतिशत सम्मको नाफा लिई आम उपभोक्ता माथी ठगी गरेको भेटिएपछि सो पसललाई २ लाख जरिवाना गरिएको पोखरेलले बताउनुभयो । त्यसैगरी सोही ठाँउको पुर्वपट्टी रहेको बन्जारन रेडिमेड कपडालाई पनि जरिवाना गरेको छ । सो पसलले खरिद तथा विक्री गरेको कुनै पनि विल विजक अनुगमन टोलीलाई देखाउन नसक्दा कारबाही स्वरुप २० हजार जरिवाना गरेको अनुगमन टोलीले जनाएको छ ।

बजार अनुगमनका लागि वाणिज्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय,सहितको टोलि निरन्तर क्रियाशिल रहेको छ । नियमित अनुगमनमा रहेको टोलिले उपभोक्तालाई सामाग्री खरिद गर्दा सचेत हुनुपर्ने आग्रह गरेको छ । व्यापारीले उपभोक्ताको स्वास्थ्यमा समस्या उत्पन्न गर्ने किसिमको सामानको बिक्री गर्ने गरेकोले उत्पादन मिति, मूल्य लगायतका विषयमा ध्यान दिएर मात्रै सामान किन्न आग्रह गरिएको हो । उपभोक्ताले सचेत भएर मात्रै सामाग्री खरिद गर्न र बढी मूल्य लिन खोजेको आशंका लागेमा तत्काल सम्बन्धित कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्