बस्तीमा जङ्गली हात्तीको आतङ्क

<span class='c1'>बस्तीमा जङ्गली</span> <span class='c2'>हात्तीको आतङ्क</span>

झापा । झापाको कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता दिनहुँजसो जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएको छ । बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रबाट निस्कने जङ्गली हात्तीले आतङ्क मच्चाउँदै आएपछि त्यहाँका बासिन्दा त्रसित हुन पुगेका छन् ।

रातीपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताउनुभयो । उहाँका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पालगायतका बस्तीमा दिनहुँजसो आतङ्क मच्चाउँदै आएको छ । बुधबारमात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पु¥याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो ।

दिनुहुँजसो हात्तीले बस्तीमा आतङ्क मच्चाउँदै आएपछि स्थानीयवासीले हात्ती नियन्त्रणको माग गदैआएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पु¥याउँदै आएको छ ।

फोटो: फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्