विराटनगर बजार क्षेत्रमा भासिएको सडक मर्मत थालियो

विराटनगर बजार क्षेत्रमा भासिएको सडक मर्मत थालियो

विराटनगर । रानी–धरान छ लेन अन्तर्गत विराटनगर क्षेत्रमा भत्किएको सडक भत्काएर मर्मत थालिएको छ । विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेपछि भत्काएर मर्मत थालिएको हो ।

‘अस्फाल्ट’ प्रविधिको कालोपत्रे भनिएको सडक भासिएर छिन्नभिन्न भएको छ । निर्माण कम्पनिले छ लेन सडक आयोजनालाई हस्तान्तरण गर्नु भन्दा अगाडी नै भासिएपछि मर्मत थालिएको हो ।
छ लेन सडक निर्माणको काम १७ वटा खण्डमा वर्गीकरण गरी विभिन्न ठेकेदार कम्पनीले सडक विस्तारका काम गदै आएका छन् । रानीदेखि धरानसम्मको सडक बिस्तारको काम उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले गर्दै आएको छ ।

आशिष निर्माण कम्पनीले ठेक्का लिएको खण्डमा काम कमसल भएको स्थानीयको दावी छ । तर, विराटनगर भन्सार क्षेत्रबाट बढी लोड बोकेका मालवहाक सवारी गुडेका कारण भासिएको दावी गरिन्छ ।

सडक निर्माण पूर्व डिजाइनमै समस्या रहेका कारण सरकारी निकायकै नितीगत कमजोरीका कारण सडक भासिएको हो । भन्सार क्षेत्रबाट मालवहाक सवारी गुड्ने सडकको भारवहन क्षमता १० टन मात्रै छ । जबकी मालवहाक सवारीले ४० टनसम्म वजन बोकेर औद्योगिक क्षेत्रमा जानुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्