सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर । मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।

बिहिबार राती ७ बजे विराटनगर महानगरपालिका वडा ११ रामपुर चौकमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को२त ७१३९ नम्बरको ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकलमा सवार सोही स्थानका ३४ बर्षीय मुन्ना कुमार साहनी घाईते भएका थिए । सहनिको कोशी अस्पताल विराटनगरमा पुर्‍याउन साथ मृत्यु भएको थियो । ट्याकटर र चालक सोही स्थानका १९ बर्षीय मुकेश कामत जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।

यसैगरी मोरङकै बुढिगंगा गाउँपालिका वडा २ टंकी स्थितमा बिहिबार राती ८ बजे दक्षिणतर्फ जाँदै गरेको प्र.१-०४००१ प ६४६० नम्बरको स्कुटर आफै अनियन्त्रित भई डिबाईडरमा ठक्कर खाई दुर्घट्ना हुँदा स्कुटर चालक मोरङ उर्लाबारी नगरपालिका वडा ४ आईतबारेका २६ बर्षीय सुरज खनाल घाईते भएका थिए । उनको विराट मेडिकल कलेज टंकीमा उपचारको क्रममा राती ८:३० बजे मृत्यु भएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय नेमुवा जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्