धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ आजबाट मञ्चन हुने

धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ आजबाट मञ्चन हुने

विराटनगर । विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन शुक्रबार (आज) बाट सुरु हुने भएको छ ।

निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबार दिनको ४ बजेबाट मञ्चन हुने भएको हो । नाटक मंसिर २४ देखि २९ गतेसम्म चल्ने जनाईएको छ । शनिबार दिउँसो १ बजे र ४ बजे दुईवटा शो हुने जानकारी दिईएको छ । याक्दुहाङ धिरजको कथा सिफारिसमा आधारित रहेको उक्त नाटकले मधेशी परिवेशमा विद्यमान रहेको महिला हिंसा र दाईजो प्रथा लगायतका विकृतिहरुलाई उठान गर्दै निरुत्साहित पार्ने प्रयास गरेको छ । एउटा मृत्युदर्ताको वरिपरि घुमेको उक्त नाटकले समाजमा विद्यमान जालझेल लगायतका बिषयमा समेत खरो टिप्पणी गरेको छ ।

नाटकमा समिक्षा दाहाल, कृतिशा काफ्ले, अंशु खतिवडा, सङ्गीता यादव, राजेश ठाकुर, सुरेश विद्रोही, अनिल खत्री, प्रदीप दाहाल, देवेन्द्र यादव, विकास पराजुली र भरत कार्कीले अभिनय गरेका छन् ।

नाटकका लागि मञ्च परिकल्पना तथा निर्माण विकास पराजुली, भरत कार्की र रविन चिमरियाले गरेका छन् । यस्तै ध्वनि परिकल्पना तथा परिचालन निर्मल शर्मा र अशोक गौतमले गरेका छन् भने व्यवस्थापन भैरव क्षेत्री र भवानीशंकर अधिकारीले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्