जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नुवाकोट । नुवाकोट १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ककनी गाउँपालिका वडा २ कोल्पु बस्ने ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । बलामीले ती किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उदयपुर, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका वडा १० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्