कटहरी-विराटनगर जोड्ने सिंघिया खोलाको पुल रातारात मर्मत

<span class='c1'>कटहरी-विराटनगर जोड्ने सिंघिया खोलाको</span> <span class='c2'>पुल रातारात मर्मत</span>

विराटनगर । मोरङको कटहरी-विराटनगर जोड्ने सिंघिया खोलाको पुल मर्मत गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारीको पहल र निर्देशनमा हाटखोलास्थित उक्त पुल मर्मत गरिएको हो । विगत लामो समयदेखि जीर्ण अवस्थामा रहेको उक्त पुल मर्मतमा कसैको ध्यान पुग्न सकेको थिएन । पुलमा सवारीसाधन दुर्घटना हुनुका साथै अनावश्यक ट्राफिक जाम समेत हुने गरेको थियो । तर, पछिल्लो समय स्थानीयले समेत पुल मर्मत गरिनुपर्ने माग राखेपछि शुक्रबार मोरङका प्रजिअ काशीराज दाहालको निर्देशनमा उक्त पुल मर्मत गरिएको हो ।

हुलाकी राजमार्ग अन्तर्गतको उक्त पुलमा हाल खाल्डाखुल्डी पुर्ने तथा पिच गर्ने लगायतका काम भएको छ । शुक्रबार राती सोही क्षेत्रबाट निर्वाचित संघीय सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सहायक प्रजिअ शरद कुमार पोखरेल लगायतले पुल मर्मतको स्थलगत अनुगमन गरेका छन् ।

पुल मर्मतको ठेक्का भने श्रेष्ठ कन्स्ट्रक्सनले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्