पब्लिक स्टार बहुउद्देश्यीय सहकारी सस्थाको साधारणसभा सम्पन्न

<span class='c1'>पब्लिक स्टार बहुउद्देश्यीय सहकारी</span> <span class='c2'>सस्थाको साधारणसभा सम्पन्न</span>

बिराटनगर १३ मा अवस्थित पब्लिक स्टार बहुउदेश्य सहकारी सस्थाको १९ औ साधारण सभा बाट आगामी कार्यकालका लागि नया कार्यसमितीको चयन गरेको छ ।स्टार कलेज तथा स्कुलको सभाहलमा सम्पन्न साधरणसभाबाट अध्यक्षमा डाकटर उद्धब पोखरेल , उपाध्यक्षमा सावित्री दाहाल , सदस्यहरुमा, सुर्य बाहादुर लामा , खगेन्द्र रिजाल , भवानीशकर सिवाकोटी , बिमला थापा , राधा शिवाकोटी ,प्रदिप गुप्ता र पुस्पा तुलाधर रहेका छन भने लेखा समिती सयोजकमा सन्दिप चौधरी चयन भएका छन ।

सस्थाले करिब दुई करोड पचास लाख को बचत कारोबार , पच्चीस लाख शेयर पुजि , करिब तीन करोडको ऋण लगानी रहेको छ भने खुद नाफा तीन लाख भन्दा बढी रहेको सस्थाका अध्यक्ष डाक्टर उद्धब पोखरेलले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी तथा सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ का माननीय मन्त्री जयराम यादबले सहकारीले जीवन स्तर सुधारेर नेपाललाइ समृद्धिको दिशामा लगेको बताउनु भयो । देश भरका सहकारीहरु यसका लागि धन्यवादका पात्र रहेको उहाको भनाइ थियो ।

अन्तर्राष्ट्रिय महिला हिशा विरुद्धको दिवस मनाइ रहेको परिपेक्षमा घरका महिला सुखी भए परिवार नै सुखी हुनेहुनाले सबैले यस तर्फ सोच्न जरुरी छ । सहकारीको माध्यमबाट आर्थिक समस्या समाधान हुने र सचेतना फैलाउदै अघि बढेमा महिला हिंशा न्यूनीकरणमा समेत सघाउ पुग्ने बताउनु भयो।

जीवन बाट हरेस खाएका , जीवन मा केही गर्न नसक्ने हरु का लागि उदाहरणिय ब्यक्तीहरुका रुपमा पोखरेल परिवार रहेकाले समाजका अन्य ब्यक्तीहरुले पनि उहाँहरुको जीवन शैलीबाट सिक्नु पर्ने बताउनु भयो । आफ्नो क्षेत्रका समाज र आम नेपाली जनताका लागि काम गर्ने परिवार , आफ्नो बुवा आमा को स्मृतिमा जुन पुन्यको काम गर्नु भएको मा सामाजिक मन्त्रालयका तर्फ बाट धन्यवाद ब्यक्त गर्नु भयो ।

कार्यक्रममा वार्ड नम्बर १२ का वडा अध्यक्ष हिरालाल कामतले दस हजार को बचत लाखौ को लगानी मा परिणत गर्न सक्षम बनाउने क्षेत्र सहकारी रहेकाले बचत गर्ने बानी को बिकास गर्नका लागि सहकारी जनउपयोगी हुने बताउनु भयो ।

राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष रमेश पोखरेलले सहाकरीको माध्यम बाट आर्थिक समृद्धिको अपार सम्भावना रहेको र जनताको जीवन स्तर उकास्न सहकारीले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

सहकारीले जानुका रुद्र प्रसाद स्मृति कोषको स्थापना गरि हरेक बर्ष छात्रबृती प्रदान गर्ने गरेकोमा यस बर्ष विभिन्न बिधालयमा अध्यनरत गरिब तथा जेहेन्दार ३१ बिद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ ।

त्यस्तै सस्थामा उत्कृष्ट बचत गर्ने बचतकर्ता तथा रिन कारोबार गर्ने उत्कृष्ट दस सदस्यलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर एकका सामाजिक बिकास मन्त्री जयराम यादब , राष्ट्रिय सहकारी महासङ्घ का उपाध्यक्ष रमेश पोखरेल , प्रदेश सहकारी संघका सचिब लक्ष्मी प्रसाद सापकोटा , महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिना , पुर्वा अन्चल बाल आश्रमका अध्यक्ष सीता पोखरेल , जिल्ला सहकारी संघ मोरङका सचिब बिरेन्द्र यादब ,बखरि आधाभुत बिधालयका प्रअ बिद्यानन्द शर्मा सामाजिक अभियानता कुशेश्वर राजबन्शी लगायतले बधाइ तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको संचालन सस्थाका सदस्य शेखर नेपाल र जुनु पोखरेलले गर्नु भएको थियो ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्