विराटनगर । विगत ११ बर्षदेखी नागरिक पत्रकारीता ( citizen journalism ) गर्दै आएको प्रदेश नम्बर १ को पहिलो अनलाईन आवर विराटनगरलाई नेपाल उद्योग परिसंघ प्रदेश एकले सम्मान गरेको छ ।
नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को प्रथम साधारण सभा उद्घाटन समारोहमा संचार क्षेत्रसंगै अन्य पेशामा आवद्ध भई समाजको लागी विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो ।
आवर विराटनगरले विराटनगर लगायत वरिपरिका गतिविधीलाई अनलाईन मार्फत विश्वभर जानकारी प्रदान गर्दै र नागरिक पत्रकारीता ( citizen journalism ) मा बढी विशेष ध्यान केन्द्रीत गरेर जनतालाई सुुशुचित गराएको भन्दै सम्मान गरेको हो ।
विराटनगरवासीले विश्वसनिय खबरको रुपमा लिने आवर विराटनगरले नागरिक पत्रकारीतालाई प्रोत्साहन गर्दै नागरिकका अनेकौं समस्याको उठान गरि सरोकारवाला निकाय र क्षेत्रबाट त्यसको समाधान गराउने प्रभावकारीता मिडियाको रुपमा स्थापित गराउन सफलको मानिदै आएको कारण संघले सम्मान गरेको हो । त्यो संगै प्रदेश १ को आर्थिक तथा औधोगिक गतिविधीको समाचार प्रथमिकताका साथ प्रकाशित गर्दै आएको आउनुभएकोले पेशागत मर्यादा निष्ठामा लगनशिल भई आगामी दिनमा सुनसरी मोरङ औधोगिक करिडोरको मात्र नभई समग्र मुलुककै आर्थिक गतिविधीलाई कलमको माध्यमबाट चल्न सकोस भन्दै सम्मानका साथ नगद ११ हजार रुपैयाले सम्मान गरिएको थियो ।
सम्मान पत्र ओवी मिडिया प्रालिका निर्देशक तथा आवर विराटनगरका पत्रकार प्रेम देवान सहभागी हुनुभएको थियो । सम्मान पत्र सस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले सम्मान गर्नुभएको थियो । आवर विराटनगरसंगै अन्य दुई संञ्चारकर्मी समेत सम्मानित भएका थिए । आर्थिक तथा औधोगिक करिडोरका समाचारहरु लेख्दै आएउनुभएका चिना थापा र बेदराज पौडेललाई सम्मान गरिएको थियो ।