विराटनगर । झापाको मेचिनगर नगरपालिका ६ मेचिडाँडा छेउ मेची खोला स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने दुर्गा प्रसाद फुयाल रहेका छन् । शनिबार बिहान पौन १० बजे इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका फुयालको साथबाट ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।