काँग्रेस महाधिवेशन : कसको उम्मेदवारी कुन पदमा ?

काँग्रेस महाधिवेशन : कसको उम्मेदवारी कुन पदमा ?

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ ।

शनिबार दिउँसो ३ बजेसम्म सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका लागि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन गर्नुभएको छ । उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी महामन्त्रीमा अहिलेसम्म कसैको उम्मेदवारी परेको छैन भने सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी र देवराज चालिसेले उम्मेदवारी मनोनयन गर्नुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उहाँका अनुसार केन्द्रीय सदस्यतर्फ अपाङ्ग कोटामा छ, अल्पसङ्ख्यकमा दुई, मुस्लिम कोटामा नौ, थारुमा छ, दलित २३, महिला १३, खसआर्यतर्फ ३५ जना, आदिवासी जनजाति क्लष्टरबाट ४२ जना र खुलातर्फ ३५ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश १ बाट चार, प्रदेश २ बाट दुई, लुम्बिनी प्रदेशका लागि नौ, गण्डकीका लागि छ, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि तीन, वाग्मतीका लागि चार तथा थारू कोटाबाट दुईजनाले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभागृहबाट भइरहेको छ । विभिन्न २० स्थानबाट मनोनयन भइरहेको छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ भने केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसारका उम्मेदबारको फरकफरक गरी कूल २० स्थानमा मनोनयनको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ ।

तस्बिर : केशब गुरुङ्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्