एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम, नायक पल शाहले दिए जानकारी

एनएमबी बैंकको वित्तीय साक्षरता कार्यक्रम, नायक पल शाहले दिए जानकारी

विराटनगर । एमएमबी बैंकले शनिबार दुई कार्यक्रमको आयोजना गरि बैंकको वित्तीय साक्षरता योजना बारे जानकारी दिएको छ ।

बैंकले शनिबार बुढीगंगाको टंंकीसिनवारी शाखा र महेन्द्र चौकस्थित प्रादेशिक कार्यालयमा कार्यक्रममा आयोजना गरि योजना बारे जानकारी दिएको छ । चर्चित नेपाली नायक तथा बैंकका ब्राण्ड एम्बेसेडर समेत रहेका पल शाहले उक्त कार्यक्रमबारे जानकारी दिए । उनले सेवाग्राहीहरुलाई सहज बनाउन बैंकले पछिल्लो समय भिडियो कल मार्फत नयाँ खाता खोल्ने सेवा सुरु गरेको बताए । उनले बैंकको उक्त योजना अन्तर्गत सेवाग्राहीहरुले संसारको जुनसुकै कुनामा बसेर भिडियो कल मार्फत् नयाँ खाता खोल्न सक्ने स्पष्ट पारे ।

नायक शाहको उपस्थितिमा बैंकले शनिबार भने बुढीगंगास्थित शाखा अगाडि बिहान १० बजे र महेन्द्र चौकस्थित प्रदेश कार्यालय अगाडि १ बजे कार्यक्रमको आयोजना गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्