कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका वडा २ रामचौक स्थित राजगढ भित्री सडक खण्डमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा ११ बस्ने ५० बर्षिय नगेन्द्र भण्डारी रहेका छन् ।

शनिबार बेलुका ५ बजे बा ९ च ४०५ नम्बरको कारले ना २० प २१८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका भण्डारीलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा हिजो बेलुका ७ बजे मृत्यु भएको हो ।

कार चालक झापा बाह्रदर्शी गाँउपालिका वडा ४ बस्ने ३९ बर्षिय टंक बहादुर श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्