विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ द्वारा गुड टच ब्याड टचको तालिम

विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ द्वारा गुड टच ब्याड टचको तालिम

विराटनगर । राउण्ड टेबल नेपाल बिसीआरटी १५ ले मोरङको रंगेलीस्थित एक सामुदायिक विद्यालयमा ‘गुड टच र ब्याड टच’ सम्बन्धी तालिम दिएको छ ।

राउण्ड टेबलले रंगेलीस्थित श्री महर्षि मेही प्राथमिक विद्यालयमा बिशेष प्रस्तुतीकरण सहित विद्यार्थीहरुलाई तालिम दिएको हो । राउण्ड टेबलले शनिबार एक कार्यक्रमको आयोजना गरि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई तालिम दिएको जनाएको छ ।

यसका साथै बढ्दै गएको चिसोलाई दृष्टिगत गर्दै राउण्ड टेबलले विद्यालयमा फ्लोरिङको काम समेत गरेको जानकारी दिएको छ । विद्यार्थीहरुलाई बस्नका लागि भुँईमा कार्पेट ओछ्याउने काम गरिएको राउण्ड टेबल नेपाल बिसीआरटी १५ को चेयरमेन डा. ललित अग्रवालले बताए ।

कार्यक्रममा भने विद्यालयका शिक्षकशिक्षि र विद्यार्थीहरु सहित ८० जनाभन्दा बढीको सहभागिता रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्