अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

मकवानपुर । मकवानपुर मनहरी गाउँपालिका वडा ९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका वडा ५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा ७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ रहेका छन् । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५ च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक घिमिरे र गाडीमा सवार थिङलाई पक्राउ गरेको छ ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा १५ रातोमाटेबाट ५ ग्राम २ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित चितवन रत्ननगर नगरपालिका वडा २ टाँडी बस्ने ५२ वर्षीय नारायण खड्कालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ४८०२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार खड्कालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा ११ सहिद स्मारक गेट नजिकबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित चितवन राप्ती नगरपालिका वडा ७ बस्ने ३५ वर्षीय अर्जुन अधिकारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्