प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा

<span class='c1'>प्रधानमन्त्री देउवा महाधिवेशन</span> <span class='c2'>प्रतिनिधिहरुसँग भृकुटीमण्डपमा</span>

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा हुनुहुन्छ ।

उहाँ आज बिहानदेखि भृकुटीमण्डपमा रहेर महाधिवेशन प्रतिनिधिहरुसँग अन्तरक्रिया र परामर्शमा व्यस्त हुनुभएको थियो ।

कांग्रेसको सभापतिमा उम्मेदवारी दिनुभएका देउवाले आज भृकुटीमण्डपमा जम्मा भएका महाधिवेशन प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत पनि माग्नुभएको थियो ।

त्यसपछि उहाँले महाधिवेशन प्रतिनिधिहरुसँग काठमाडौँको बसाइँका बारेमा सोधपुछ गर्नुभएको थियो । खाना र बस्नका लागि कुनै समस्या परेको छ कि भनेर उहाँले भृकुटीमण्डपमा रहेका प्रतिनिधिहरुसँग सोध्नुभएको थियो ।

उहाँले काठमाडौँमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिनुभएको थियो ।

उहाँले आज बिहानको खाना पनि भृकुटीमण्डमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर लिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्