समाजवादी युवा संघको समायोजन : जिल्लामा ८१ र महानगरमा ६५ सदस्यीय कार्यसमिति निर्माण

<span class='c1'>समाजवादी युवा संघको समायोजन : जिल्लामा ८१</span> <span class='c2'>र महानगरमा ६५ सदस्यीय कार्यसमिति निर्माण</span>

विराटनगर । जसपा नेपालले आफ्नो भातृ संगठनको रुपमा रहेको समाजवादी युवा संघको समायोजन प्रक्रिया टुङ्गो लगाएको छ ।

शनिबार विराटनगरमा बृहत जिल्ला भेला गर्दै पार्टीले मोरङ जिल्ला र विराटनगर महानगर कमिटीको समायोजन टुङ्ग्याएको हो । पुर्व नयाँ शक्ति, राजपा र संघीय समाजवादी फोरमबिच समायोजन भईसकेको भएपनि आन्तरिक विवादका कारण भातृ संगठनको समायोजन हुन सकेको थिएन् ।

शनिबार युवा संघको समायोजनबाट मोरङ जिल्लामा सुशील यादवको अध्यक्षतामा ८१ सदस्यीय र विराटनगरमा मोहम्मद साहिलको अध्यक्षतामा ६५ सदस्यीय कार्यसमिति निर्माण भएको छ ।

कार्यक्रममा भने जसपाका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ, उपाध्यक्ष उमेश थापा, समाजवादी युवा संघको केन्द्रिय अध्यक्ष एवं प्रदेश २ का भुमि व्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव, सचिव भरत दाहाल र प्रदेश सदस्य कमल पोखेरेल लगायत पार्टी कार्यकर्ता तथा विद्यार्थी नेताहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्