सुनसरीको अमडुवामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउने योजना

<span class='c1'>सुनसरीको अमडुवामा क्षेत्रीय अन्तराष्ट्रिय</span> <span class='c2'>विमानस्थल बनाउने योजना</span>

विराटनगर । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजी क्षेत्रको सहयोगमा सुनसरीको अमडुवामा अन्तराष्ट्रिय विमानस्थल बनाउने बताएका छन् ।

शुक्रबार विराटनगरमा नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को प्रथम साधारणसभा बोल्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रले सहयोग गरे सुनसरीको अमडुवा कुनै बाधा अवरोध क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन सकिने दाबी गरे । यसका लागि आवश्यक बजेट विनियोजन गर्न सरकार तयार रहेको उनले बताए ।

मन्त्री आलेले अमडुवामा भएको ६५० बिगाहा जग्गामध्ये ३०० बिगाहा जग्गा प्राप्त भए महिना दिनभित्र अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया थालिने ठोकुवा गरे । उनले विमानस्थल निर्माणका लागि २५ देखि ३० अर्ब रुपैयाँसम्म बजेट जुटाउन सकिने जानकारी दिए ।
मुआब्जा विवादका कारण हालको विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा स्तरोन्नति र विकास गर्न सम्भव नदेखिएपछि सरकारले ठाउँ सारेर विमानस्थल निर्माणकोे प्रक्रिया अघि बढाउने आन्तरिक तयारी थालेको हो । उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेको प्रस्तावमा सहमति जनाउँदै सरकारले सुनसरीको अमडुवामा विमानस्थल निर्माणको तयारी थालेको जनाईएको छ ।

हालको विमानस्थल विस्तार गर्दा जग्गाधनीलाई करिब २० अर्ब रुँपैया मुआब्जा वितरण गर्नुपर्ने देखिन्छ । तर, उक्त रकमले सरकारी स्वामित्वमा रहेको सुनसरीको बर्जु गाउँपालिकास्थितको जग्गामा विमानस्थल निर्माण गर्नु उचित देखिएकाले सरकारले आफ्नो ध्यान त्यसैतर्फ केन्द्रित गरेको हो ।

ठुलो सम्भावना बोकेको विराटनगर विमानस्थलको स्तरोन्नतिका लागी गत २०७६ असोज १९ गते नै नागरिक उड्डयन प्राधिकरण, प्रदेश नं. १ सरकार र विराटनगर महानगरपालिकाबिच त्रिपक्षीय लागत साझेदारीमा पत्रमा हस्ताक्षर भएको थियो । त्यसका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका निम्त्ति आवश्यक खर्चको ५० प्रतिशत नागरिक उड्डयन प्राधिकरण, ४० प्रतिशत प्रदेश सरकार र बाँकी १० प्रतिशत हिस्सा विराटनगर महानगरपालिकाले व्यहोर्ने सम्झौता थियो । २०७७ कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विराटनगर विमानस्थल विस्तारका लागि १२६.४६ बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको थियो ।

तर, मुआब्जा विवादका काम अड्किएपछि सरकारले सुनसरीको आफ्नो ध्यान सुनसरीको अमडुवातर्फ केन्द्रित गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्