जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता : सनरे र मोर्डन एरा क्वाटर फाइनलमा

जिल्लास्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता : सनरे र मोर्डन एरा क्वाटर फाइनलमा

विराटनगर । प्रथम जिल्लास्तरीय अन्तर विद्यालय मिल्स कप नकआउट फुटबल प्रतियोगितामा मोरङको रंगेली र विराटनगरका दुई विद्यालय प्रवेश गरेका छन् ।

खेलको क्वाटर फाईनलमा रंगेलीको सनरे बोर्डिङ स्कुल र विराटनगरको मोर्डन एरा प्रवेश गरेको हो । फार्क क्लब रानी विराटनगर–१५ को आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा आईतबार भएको पहिलो खेलमा सनरेले विराटनगरको बिकेभिएम स्कूललाई ५–० गोल अन्तरले पराजित गरी क्वाटर फाईनलमा पुगेको हो ।

जितको लागि सनरेका आशाराम खवास र बिबेक बस्नेतले २÷२ गोल गरेका थिए भने अमन खवासले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सनरेका दुई गोल गर्ने बिवेक बस्नेत घोषित भए ।

सोही दिन भएको दोस्रो खेलमा विराटनगरको मोर्डन ऐरा स्कूलले अपर्ण स्कूललाई २–० गोल अन्तरले हराउँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । जितको लागि मोर्डन ऐराका आयुष थापाले दुई गोल एक्लै गरेका थिए । दुई गोल गर्ने मोर्डन ऐराका आयुष खेलको म्यान अफ द म्याच घोषित भए ।

सोमबारको पहिलो खेल विराटनगरको सिद्धार्थ र सुन्दरहरैचा नगरपालिकाको पूर्वाञ्चल एकेडेमी बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल विराटनगरको सगरमाथा र डिपिएस स्कूल बिच हुनेछ । पुस ४ गतेसम्म हुने प्रतियोगितामा मोरङका १६ वटा टिमको सहभागि छ । प्रतियोगितामा विराटनगरको गोदावारी, एजेलिया, मोर्डन ऐरा, अर्पण, सिद्धार्थ, डनबक्सको, बिकेभिएम, सगरमाथा, डिपीएस, गौतमबुद्ध, एभरेष्टको सहभागि छ । यस्तै रंगेलीबाट सनरे, सुन्दरहरैचाबाट पूर्वाञ्चल एकाडेमी, बुढीगंगाबाट जेभियर र यूनिक स्कूल, ग्रामथान गाउँपालिकाबाट जनक मेमोरियल स्कूलसमेत गरि यो प्रतियोगितामा जम्मा १६ टिमको सहभागि रहेको छ ।

प्रतियोगिताको बिजेताले आकर्षक ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् । प्रतियोगिताको सह–आयोजकहरूमा रानी युवा क्लब, साइनो स्पोर्टिङ क्लब र मिल्स भेट्रान क्बल रहेको छ भने सहकार्य प्याब्सन विराटनगर रहनेछ । यस प्रतियोगिताको संरक्षक मिल्स गोल्ड कप फुटबल ट्रस्ट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्