अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

रोल्पा । रोल्पा सुनिलस्मृती गाउँपालिका-४ सुलिचौर बजारबाट करिब १० किलो अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु सहित थवाङ गाउँपालिका-४ उवा मालागिरी बस्ने ५२ वर्षीया थमकली घर्तीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनछहरी गाउँपालिका-१ फुलिवनबाट सुलिचौरतर्फ आउँदै गरेको रा.१ ज ४०५ नम्बरको जिपलाई ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिपमा सवार उनको साथबाट उक्त वस्तु फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ नकैया नजिकबाट करिब १० ग्राम ४ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत पिलिभित तहसिल पुरनपुर थाना हजारा ग्राम बजारघाट बस्ने १९ वर्षीय राम सिंह र भारत उद्धमसिहनगर थाना नानकमत्ता ग्राम ज्ञानपुर गौरी बस्ने २३ वर्षीय धरमबिर सिंह रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट ९ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित नेपालगंज उपमहानगरपालिका-१६ बस्ने २३ वर्षीय तैयब अलि अन्सारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । भे.५ प ९१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२१ बाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल नुफ्रिन, ५ सय एम्पुल डाइजेपाम र ५ सय एम्पुल प्रोमिफाइजाम हाईड्रोक्लोराइड सहित भारत विहार मोतीहारी बस्ने ८० वर्षीय विजय कुमार कपुरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले परवानीपुरबाट हेटौंडातर्फ जानका लागि गाडी कुरेर बसिरहेको अवस्थामा झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्