विराटनगरको आर्या हस्पिटलले बचायो जसको ज्यान

विराटनगरको आर्या हस्पिटलले बचायो जसको ज्यान

विराटनगर । मंंसिर ५ गते साँझको ६ बज्दै थियो । घरायसी काममा व्यस्त सुनसरीको इनरुवा–२ बस्ने पुष्पलता सुब्बा अचानक बेहोस भईन् । अन्दाजी ३५ बर्षीया उनकोे अत्याधिक रक्तश्राव भई टाउकोमा रगत जमेको थियो । हतारहतार उनका श्रीमान मनिस थापा मगरले उनलाई मोरङको एक निजी अस्पतालमा भर्ना गरे । अस्पतालले बिरामी भर्ना लियो । तर, उपचार सम्भव नरहेको भन्दै अस्पतालले बिरामीलाई घर फर्काइदियो । मंसिर ६ गते बिहान करिब ५ बजे बिरामीको हातखुट्टा चल्न थालेपछि परिवारले उनलाई पुनः त्यही अस्पताल ल्याए । अस्पतालले बाँच्ने सम्भावना न्यून रहेको भन्दै बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने बतायो । तर, थप उपचार गर्न मानेन् ।

‘हामीले दोश्रोपटक बिरामीलाई अस्पताल ल्यायौं, त्यसपछि अस्पतालले चान्स छैन् भन्दै भेन्टिलेटरमा राख्नुपर्छ भन्यो,’ बिरामीका श्रीमान मनिसले भने, ‘तर उपचार सुरु गर्ने कोशिस समेत गरेनन् ।’

पछि बिरामीका आफन्तको सल्लाह बमोजिम उनलाई मंसिर ६ गते उपचारका लागि विराटनगरको कञ्चनबारीस्थित आर्या हस्पिटल ल्याईयो । अस्पतालले बाँच्ने सम्भावना न्यून भएपनि बिरामीको उपचार थाल्यो । अस्पतालका कन्सल्ट्यान्ट न्युरो सर्जन डा. पंकज राज नेपालको टीमले उनको टाउकाको शल्यक्रिया गरे । शल्यक्रिया सफल भयो । हाल उनी पुर्णतः स्वस्थ छिन् ।

अस्पताल बसाईको २० दिनपछि आईतबार उनले डिस्चार्ज पाएकी छन्् । अस्पतालको उपचार सेवा उत्कृष्ट रहेको उनले सुनाईन् । ‘अस्पतालबाट नयाँ जीवन पाए, उपचार पनि राम्रो पाए,’ उनीले भनिन्, ‘यहाँका चिकित्सक र नर्सहरुको व्यवहार पनि पारिवारिक छ ।’

अन्य अस्पतालको तुलनामा आर्या हस्पिटलको उपचार सेवा गुणस्तरीय र भरपर्दो रहेको बिरामीका श्रीमान मनिस थापा मगरले बताए । उपचार खर्च पनि बढी नरहेको उनले जानकारी दिए ।

सम्भावनाहरुलाई सफलता बदल्ने प्रयास गर्दै आएको आर्या हस्पिटलले यसअघि पनि यसप्रकारका जटिल शल्यक्रियाहरु गरिसकेको छ । बिरामी सुब्बाको शल्यक्रिया पनि सम्भावनालाई सफलतामा बदल्ने प्रयास नै रहेको अस्पतालका कन्सल्ट्यान्ट न्युरो सर्जन डा. पंकज राज नेपालले बताए ।

कुल १६ करोडको लगानीका कात्तिक १६ गतेदेखि सञ्चालनमा आएको आर्या हस्पिटल पछिल्लो समय भरपर्दो उपचार सेवाका लागि परिचित हुँदै गएको छ । अस्पतालमा न्यूरो सम्बन्धी सम्पुर्ण उपचारका साथै हाडजोर्नी, नाक, कान, घाँटी तथा दन्त चिकित्सकीय लगायतका सम्पुर्ण सेवाहरु समेत उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्