लागु औषध सहित ३ जना पक्राउ

लागु औषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ३ जनालाई पक्राउ गरिएको छ ।

भारतबाट नेपाल आउदै गरेको अवस्थामा सोमबार दिउँसो २:३०बजे विराटनगर महानगरपालिका वडा १६ हुलास चौक स्थितमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप-महानगरपालिका वडा ४ बस्ने २२ बर्षिय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ भने,

सोमबार राती ६ बजे विराटनगर महानगरपालिका वडा १७ मटेरुवाचोक स्थितमा सुनसरी धरान उप-महानगरपालिका वडा १४ बस्ने ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी सोमबार साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय आर.आई.टी विराटनगर बाट खटिएको प्रहरी टोलिले विशेष सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका वडा ५ बलिया स्थितबाट मोटरसाईकलमा सवार रहेका केराबारी गाँउपालिका वडा ६ बस्ने २१ बर्षिय सागर तामाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्