विराटनगर । नेकपा माओवादी केन्द्रले गोपी अछामीले राष्ट्रिय सभा दलको प्रमुख सचेतकको जिम्मेवारी दिएको छ । यसैगरी सचेतकमा गंगा बेल्बासे र सचिवमा रामनारायण बिडारी चयन भएका छन् ।
आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रिय सभाको प्रमुख सचेतक, सचेतक र सचिवको जिम्मेवारी तोकेको हो ।
बैठकले २१ सदस्यीय संसदीय बोर्ड गठन गर्नुका साथै संसदको गतिरोध हटाउन पहल लिने समेत निर्णय गरेको छ ।