समाजवादी विद्यार्थी युनियन प्रदेश १ को समायोजन : असन्तुष्ट समुहले गठन गरे छुट्टै प्रदेश कमिटी

समाजवादी विद्यार्थी युनियन प्रदेश १ को समायोजन : असन्तुष्ट समुहले गठन गरे छुट्टै प्रदेश कमिटी

विराटनगर । समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको समायोजनबाट असन्तुष्ट समुहले विद्यार्थी युनियनको छुट्टै प्रदेश कमिटी गठन गरेका छन् ।

समायोजन प्रक्रिया चित्तबुझ्दो नभएको भन्दै पुर्व फोरमका विद्यार्थीहरुले छुट्टै प्रदेश कमिटी गठन गरेका हुन् । आईतबार इटहरीको हलगडास्थित जसपाको प्रदेश पार्टी कार्यालयमा समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको समायोजन तथा प्रदेश कमिटी घोषणा कार्यक्रम थियो । तर, काम समेत नगरेका व्यक्तिहरुलाई कमिटीमा अटाउन खोजिएको भन्दै पुर्व समाजवादी विद्यार्थी फोरमका विद्यार्थीहरुले आईतबारको कार्यक्रम बिथोल्दै छुट्टै प्रदेश कमिटी घोषणा गरेका हुन् । कमिटीको अध्यक्षमा खोटाङका रबिन खम्बु र वरिष्ठ उपाध्यक्षमा अरविन्द्र मण्डल चयन भएका छन् ।

यस्तै कमिटीको उपाध्यक्षमा वरदान भरत राई, पवन राई, प्रज्ञा इजम लिम्बु, चन्द्र किराती, मिलन कोयी राई, टिएन सुब्बा र मिथिलेस यादव चयन भएका छन् । कमिटीको मुख्य सचिवको जिम्मेवारी कृष्ण गिरीले पाएका छन् भने सचिवमा मनोज कुमार रोहिता, परमेश्वर यादव, योगन्द्र राई र सुबास राइलाई चयन गरिएको छ । विद्यार्थी युनियनको प्रदेश कमिटीको कोषाध्यक्षको जिम्मेवारी भने फुलन मण्डललाई दिईएको छ । १५ पदाधिकारीसहित ५९ जनाको प्रदेश कमिटी गठन गरिएको जनाईएको छ ।

समाजवादी विद्यार्थी युनियनको समायोजन तथा प्रदेश नं. १ कमिटी गठनका निम्त्ति समाजवादी विद्यार्थी युनियन केन्द्रिय पदाधिकारीको बैठकले संगठनको उपाध्यक्ष सुबास लाबुको संयोकत्वमा संगठनका उपमहासचिव दिनेश दंगाल र सचिव सुबास राई रहेको ३ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले आईतबार खोटाङका अञ्जिलहाङ् किरातीको अध्यक्षतामा ५५ सदस्यीय प्रदेश कमिटी गरि टुंगो लगाईसकेको छ ।

त्यसपश्चात खोटाङका रबिन खम्बुको अध्यक्षतामा गठन भएको ५९ सदस्यीय प्रदेश कमिटी भने आधिकारिक नरहेको समाजवादी विद्यार्थी युनियन केन्द्रिय कमिटीका उप–महासचिव दिनेश दंगालले बताए । उनले उक्त कमिटीप्रति पार्टीका कुनैपनि नेता तथा केन्द्रिय कमिटीको समर्थन नरहेको जानकारी दिए । हामीले गठन गरेको ५५ सदस्यीय कमिटी आधिकारिक हो । ‘हामीले प्रेस विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी पनि गराईसकेका छौं,’ उनले भने, ‘हाम्रो कार्यक्रम सकिएपछि कसैले आएर कुनै कमिटी गठन गरेको रहेछ भने हामीलाई त्यसबारे थाहा छैन् ।’

यता विद्यार्थी युनियनको नवगठित प्रदेश कमिटीका सचिव मनोज कुुमार रोहिताले भने आफ्नै कमिटी आधिकारिक रहेको दाबी गर्दै आए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्