नेप्सेमा सकारात्मक सर्किटः बाँकी समयको कारोबार बन्द

<span class='c1'>नेप्सेमा सकारात्मक सर्किटः बाँकी</span> <span class='c2'>समयको कारोबार बन्द</span>

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसुचकमा उच्च वृद्धि भएपछि आज बाँकी समयको कारोबार बन्द गरिएको छ ।

यसअघि आजै कारोबार खुलेको दुई घण्टा नपुग्दै पाँच प्रतिशतले नेप्से बढेकाले ४० मिनेटका लागि बजार बन्द गरिएको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार सुरु भएको एक घण्टा ३८ मिनेट अर्थात १२ः३८ मा नेप्सेको सूचक ११४दशमलव २५ अङ्क अर्थात पाँच दशमलव ०१ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको थियो । कारोबार बन्द भएको ४० मिनेटपछि पुनः किनबेच सुरु गर्नका लागि बजार खुल्ने वित्तिकै निरन्तर बढेर छ दशमल०१ प्रतिशतले नेप्से बढेकाले आजको कारोबार बन्द भएको नेप्सेले जनाएको छ । नेप्सेले कारोबार अवधिभर छ प्रतिशतसम्म बढ्न वा घट्न सक्नेगरी सर्किट ब्रेकको सीमा निर्धारण गरेको छ । कारोबार खुलेको पहिलो घण्टाभित्रै चार प्रतिशत र दोस्रो घण्टाभित्र पाँच प्रतिशतले बजार घटे वा बढे कारोबार बन्द हुने सीमा निर्धारण गरिएको छ ।

त्यसपछि पनि छ प्रतिशतले बजार बढेमा बाँकी समयको कारोबार बन्द गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्