ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

ईलाम । ईलामको माईजोगमाई गाँउपालिका वडा ४ गैरीगाउँ स्थितमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५४ बर्षिय पुर्ण बहादुर घले रहेका छन् ।

सोमबार बेलुका ६ बजे पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरमा सवार रहेका घले लडेर डालाले किच्दा घटनास्थलमै मृत्यु भएको हो। घटना पश्चात फरार रहेका चालक ताप्लेजुङ याङबरक गाँउपालिका वडा १ बस्ने २० बर्षिय टेकिन्द्र शिवा दर्जीलाई खोजतलासको क्रममा आज बिहान ७:३० बजे जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्