ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका वडा ४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका वडा ६ बस्ने २६ बर्षिय राजु राजवंशी रहेका छन् । सोमबार बिहान १०:३० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना भई घटनास्थलमै राजवंशीको मृत्यु भएको हो ।
घटना बारेमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।