शुक्रबार विराटनगरको क्यू.एफ.एक्समा ‘स्पाईडर मेन’ को बिशेष स्क्रिनिङ

शुक्रबार विराटनगरको क्यू.एफ.एक्समा ‘स्पाईडर मेन’ को बिशेष स्क्रिनिङ

विराटनगर । चलचित्र वितरक कम्पनी एप्पल इन्टरटेनमेन्टले मार्भेल स्टुडियोजको बहुप्रतिक्षित चलचित्र ‘स्पाईडर मेन–नो वे होम’ को बिशेष स्क्रिनिङ गर्ने भएको छ ।

एप्पल इन्टरटेनमेन्टले आउँदो शुक्रबार विराटनगरको भाटभटेनीस्थित क्यु.एफ.एक्स सिनेमाजमा स्पाइडर मेनको बिशेष स्क्रिनिङ गर्ने भएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै एप्पल इन्टरटेनमेन्टले चलचित्रको बिशेष स्क्रिनिङ बारे जानकारी दिएको छ । कोभिड महामारीका कारण धरासायी हुने अवस्थामा पुगेका ठुला लगानीका मल्टिप्लेक्सहरुलाई पुनः चलायमान बनाउन चलचित्रले बिशेष भुमिका खेल्ने जनाईएको छ ।
वितरकले सेलिबे्रटी, स्थानीय उद्योगी/व्यावसायी, चिकित्सक, विद्यार्थी, पत्रकार तथा सञ्चारकर्मी र आफ्ना नियमित दर्शक सहित विभिन्न क्षेत्रका व्यक्तिहरुलाई चलचित्रको बिशेष स्क्रिनिङका लागि आमन्त्रण गरेको छ । बिशेष स्क्रिनिङमा २ सय बढी फरक क्षेत्रका व्यक्तिहरुको सहभागिता रहने एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक जेनिश पहरीले बताईन् । उनीले यसपटक क्यु.एफ.एक्स सिनेमाज र रिगल सिनेमाजसँगको सहकार्यमा स्पाइडर मेनको बिशेष स्क्रिनिङ गर्न लागिएको जानकारी दिईन् ।

२०७६ मंसिरदेखि धरान रोडस्थित भाटभटेनीमा सुपरमार्केटमा सञ्चालनमा आएको क्यु.एफ.एक्समा १४ रिक्लाईनर सहित एउटा हलमा २१२ जना अटाउने सिट क्षमता छ । क्यु.एफ.एक्ससँग दुइवटा हलमा गरि ४२४ जना दर्शक अटाउन सक्ने क्षमता छ । ठुला लगानीका मल्टिप्लेक्सहरुमा दर्शक फर्काउन र चलचित्रको नयाँ स्वाद दिन शुक्रबारदेखि प्रर्दशनीमा आउने स्पाइडर मेन ‘स्पाईडर मेन– नो वे होम’ लाई महत्वका साथ हेरिएको क्यु.एफ.एक्स सिनेमाजका म्यानेजर राजन थाडा मगरले बताए । उनले शुक्रबार देखि आईतबार रु.३००, सोमबार र बिहीबार रु.२५० तथा मंगलबार र बुधबार रु.१५० का दरले टिकट बिक्री भईरहेको जानकारी दिए ।

नेपालभरिका सिनेमा हलहरुलाई चलचित्र वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले दर्शकको माग अनुसार उपत्यका र उपत्यका बाहिर चलचित्र प्रोमोशन, फ्यान स्क्रिनिङ, मुभी प्रिमियर र बिशेष स्क्रिनिङ लगायतका विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । वितरकले ‘स्पाईडर मेन–नो वे होम’ बिशेष स्क्रिनिङ प्रदेश नं. १ मै पहिलोपटक गर्न लागेको जनाएको छ ।

‘स्पाईडर मेन– नो वे होम’ भने मार्भेल स्टुडियोजको ‘एभेन्जर्स–इन्ड गेम’ पश्चातको बहुप्रतिक्षित चलचित्र हो । सोनी पिक्चर्स इन्टरटेनमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको चलचित्रको ट्रेलरले मात्रै हालसम्म ७ करोड ९६ लाख बढी भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्